२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सांसदहरूको दस्तखतसहित मत विभाजनका आधारमा भोटिङ

२६ पुस, काठमाडौं ।  प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका छन् ।

मत विभाजनका लागि संसद्मा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई फरक फरक स्थान छुट्याइएको छ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १७:०७