२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने

२६ पुस, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेकपा एमालेका नेता खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट २९ पुसमा मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जनाएइकाे छ ।

अधिकारी नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १५:१५