२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

देउवालाई ओलीको प्रश्नः गुरुजी, तपाईँले होइन पटक-पटक संसद् विघटन गरेको ?

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ । संसद विघटन सम्बन्धी आफ्नो हिजोको मन्तव्यमा आपत्ती जनाएका काँग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०५९ सालमा संसद कस्ले विघटन गरेको भनेर प्रश्न गरेका छन् ।

विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थियो ।

देउवापछि संसदलाई सम्बेधन गर्दै अध्यक्ष ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न चेतावनी दिएका छन् । ओलीले भने- गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् ।२०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १४:५७