२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको छः रेखा शर्मा

२६ पुस, काठमाडौं। माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन् । प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै देशले सहकार्य र एकताको राजनीति खोजेको जानकारी दिइन् । जसअनुसार कांग्रेससहित दलले सरकारलाई विश्वासको मत दिने गरेको निर्णयको उनले स्वागत गरिन् । दलहरुले विश्वासको मत दिने निर्णयले सहकार्यको राजनीतिलाई अगाडि बढाएको सांसद शर्माको भनाइ छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १४:४५