२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

निषेधित क्षेत्रमा प्रवेश गरेपछि हेलिकप्टर र पाइलट प्रहरी नियन्त्रणमा

२६ पुस, संखुवासभा । संखुवासभामा प्रहरीले हेलिकप्टरलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हाे ।  काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्‍टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएको हाे ।

भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँच पछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो । तर पाइलट थापाले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेका थिए।

अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्टर र पाइलट थापालाई १ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । पाइलटमाथि कारबाहीका लागि प्रहरीले गृहमन्त्रालयले पत्र पठाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:०३