१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

१ सय ३७ थान नक्कली नोट सहित गङ्गा तामाङ पक्राउ

२६ पुस, काठमाडाैं । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा ( नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए ।

उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १२:१०