२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्ड सरकारलाई दुई तिहाई सांसदको समर्थन, एकीकृत समाजवादीले पनि भोट दिने

२६ पुस, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राष्ट्रियता, सुशासन र विग्रिदै गएको अर्थतन्त्र लयमा फर्काउने सर्तसहित एकिकृत समाजवादीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

मंगलबार बिहान समाजवादीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन । योसँगै प्रचण्ड सरकारको पक्षमा १७९ सांसद खुलेका छन । यो भनेको २७५ को दुई तिहाइ हो ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १०:०१