२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी, विश्वासको मत दिने कि नदिने निर्णय गर्ने

२६ पुस, काठमाडाैं । संसदीय दलको बैठकअघि नेपाली कांग्रेसले पदाधिकारी बैठक जारी रहेकाे छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ ।

पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदैछन् । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तीमा १३८ सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०९:२४