आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२६ पुस, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम दिन रहेकाे छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश लिन र सभामा सहभागि हुन सक्नेछन् ।
कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा माघ ९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैंकाे लाजिम्पाटस्थित होटेल लि हिमालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६३६.०६ रुपैयाँ नगद लाभांश सभाले अनुमोदन गर्नेछ।
बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०९:०६