५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

जुनियर प्रहरीलार्इ कमारो बनाएर राख्ने सिनियर प्रहरीको पेन्सन काटिदैँ

९ असोज, काठमाडाैँ । जुनियर प्रहरीलार्इ घरेलु कामदार (कमारो) बनाएर राख्ने सिनियर प्रहरीको पेन्सन काटिने भएको छ । गृहमन्त्रालयले अाफ्नै प्रहरी अधिकारीलार्इ कमारो बनाएर राख्नेविरूद्ध अाक्रमक रणनीति अख्तियार गर्न लागेको छ । कानुन विपरित सुरक्षाकर्मीलार्इ कमारोको रूपमा प्रयोग गरिएको पाइएपछि गृह मन्त्रालयले यस्तो तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा अोलीले कमारोको रूपमा रहेका सुरक्षाकर्मीलार्इ फिर्ता गर्न निर्देशन दिए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीले उक्त अादेश अाटेर गरेपछि मन्त्रालयले पेन्सन कट्टा गर्ने नयाँ नीति अख्तियार गर्न लागेको मन्त्रालयका सहप्रवक्ता एकदेव अधिकारीले बताएका छन  ।

उनले कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आएको तलब सुविधाबराबर पेन्सन कट्टा हुने जानकारी दिए । दुवै प्रहरी संगठनमा पाँचसय भन्दा धेरै सुरक्षाकर्मी घरेलु कामदारका रुपमा काम गरिरहेका छन । विगतमा बनेको सुरक्षा कार्यविधिअनुसार भूतपूर्व प्रहरी महानिरीक्षकले एक फलोअर्स, एक चालक र एक अंगरक्षक गरी तिन सुरक्षाकर्मी पाउँछन्। त्यस्तै अतिरिक्त महानिरीक्षकले एक जना सुरक्षाकर्मी मात्रै राख्न पाउँछन्। तर, पछिल्लो समय पूर्वडिआईजी र एसएसपीले पनि प्रहरीलाई घरेलु कामदार बनाउने गरेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ०८:५८