२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

अमेरिकी ग्रिनकार्डका लागि नयाँ नियम, स्वास्थ्य, खाद्य र आवस सुवधा लिनेले ग्रिन कार्ड नपाउने

९ असोज, काठमाडाैँ । अमेरिकी सरकाले ग्रिनकार्ड लिन नयाँ नियम बनाएको छ । अमेरिकाले फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको हो । नयाँ निमय अनुसार फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाइएको छ।

 

करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो। नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवस सुवधा लिनेहरुलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ। अमेरिकी सरकारका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ।

प्रकाशित मिति : 08:36