२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराजले पेश गरे दाबी

२५ पुस, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् । प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । साेही समयसिमा भित्रै अधिकारीले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् । अधिकारी कास्की १ (१) बाट निर्वाचित भएको थिए । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १४:५२