८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

१६ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल आजै

२५ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १८२ दिनकाे अवधिकाे लागि ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल माघ २४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र २८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल असार २६ गते परिपक्क हुनेछ ।

याे ट्रेजरी बिल आज पुस २५ गते, साेमबार दिउँसो २ बजे बोलकबाेल भएर भाेलि पुस २६ गते, मंगलबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ ।ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ११:०३