२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

२४ पुस, काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका हिक्मत कुमार कार्की नियुक्ति भएका छन । चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । कार्कीले प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १७:२९