४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

२४ पुस, काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ ।

पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न थालेका हुन् । इसेवाले अन्तराष्ट्रिय गन्तव्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ ।

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो । इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिनेछ ।

इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवातदेखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यको सुविधा दिइसकेको छ । इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ ।

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १५:३९