९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

साढे ५ अर्बको कारोबार हुदाँ आज यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री

२४ पुस, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा चमक देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५५ अकंले बढेर २१६४.४८ बिन्दुमा बन्द भएको छ । आज २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन डिस्टलरीको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको कम्पनीकाे २१ कराेड २९ लाख ५२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । शिवम् सिमेन्ट्सको १९ करोड ६८ लाख, रिडी हाइड्रोपावरको १५ करोड ७१ लाख, ङादी ग्रुप पावरको १४ करोड ४८ लाख र अपि पावरको १३ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १५:२०