२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय, आजै दावी पेश गर्दै

२४ पुस, विराटनगर । माओवादीले प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेकाे सत्ता साझेदार दलहरुको बैठकले एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा आज अपरान्ह ४ बजे मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन् ।

पुस १७ गते प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।

साेही समयसीमा भित्रै कार्कीले आज दाबी पेश गर्ने तयारी गरेका छन् ।  ९३ सदसीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ । प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १४:४७