२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो ।

आइतबार आयोगले एक सूचना जारी गर्दै पुस २८ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची- १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको छ ।

नेकपा एमालेका नेता भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए । भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ११:२२