२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

उपप्रधानमन्त्री रवि लामिछानेको सचिवालयमा तीन जना नियुक्त, दीपक बोहोराले तलब नलिने

२४ पुस, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको स्वकीय सचिवालयमा तीन जना नियुक्त भएका छन । सचिवालय संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा, प्रेस संयोजकमा पत्रकार नवराज पाण्डे र  स्वकीय सचिवमा प्रकाश सिग्देल नियुक्त भएका छन ।

मन्त्रीदेखि सचिवालयमा नियुक्त तीनै जना सक्रिय पत्रकारिता पृष्ठभूमिका हुन । यो अहिलेसम्मको नेपालको मन्त्री र उनको टिम हेर्दा सबै पत्रकार रहेको पहिलो टिम हो । यस्तो संयोग यसअघि सञ्चारमन्त्रालयमा समेत परेको थिएन ।

सचिवालयको संयोजको जिम्मेवारी सम्हालेका बोहोराले भने गृहमन्त्रालयबाट तलब नखाने भएका छन । उनले पार्टी र संसदीय दलको पनि कामसँगै गर्नुपर्ने भएकाले तलब गृहमन्त्रालयबाट नलिने निर्णय गरेको बुझिएको छ । बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गत मंसिरको प्रतिनिधिसभा सदस्यका समानुपातिक तर्फका उम्मेदवार हुन ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ११:४७