२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्कीले दाबी पेश गर्दै

२४ पुस, विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।

साेही समयसीमा भित्रै कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् ।  झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्।

९३ सदसीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ । प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ०९:५४