२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोककोअध्यक्षमा बालकृष्ण देउजा

२४ पुस, सिन्धुपाल्चाेक । मदन भण्डारी फाउण्डेसन जिल्ला शाखा सिन्धुपाल्चोकको तेस्रो जिल्ला सम्मेलनबाट बालकृष्ण देउजा अध्यक्षमा चयन भएका छन् । शनिबार चौतारामा भएको सम्मेलनले देउजाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा, कोषाध्यक्षमा चरी बहादुर तामाङलाइ चयन गरेको छ ।

फाउण्डेसनको जिल्ला सम्मेलन उद्घाटन गर्दै एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली ।

त्यस्तै सदस्यहरुमा सुमन श्रेष्ठ, दिलिप बस्नेत, तिलक सापकोटा, सनिश श्रेष्ठ, राजेन्द्र दुलाल, हरिचन्द्र श्रेष्ठ, पुष्प पराजुली, सपना थापा सुकुलाल तामाङ, रोहित दोङ, रिना श्रेष्ठ, सुमन पाण्डे, रामचन्द्र थापा, साधुराम खतिवडा र राजेन्द्र लामा चयन भएका छन ।

त्यस्तै कला साहित्य संयोजक राजेन्द्र खत्री, बौद्धिक मञ्च उद्बब अधिकारी र स्पोर्ट्स एकेडेमीमा दीपक विक्रम देउजालाई जिम्मेवार दिएएको छ । यसअघि फाउण्डेसनको अध्यक्षमा हाेमनारायण श्रेष्ठ रहेका थिए । उनले दस वर्ष अध्यक्षको भूमिका निर्वाह गरे।

२ वर्ष पछि जिल्ला अध्यक्षको रुपमा फर्किए देउजा !

२०७७ पौष ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाले अर्को नाम जुराउन नसक्दा एमाले र माओवादी दुबै आफ्नो कित्तामा पुगे । एमालेमा नेकपाको निरन्तरताको रूपमा हजारौँ नेता कार्यकर्ता थपिए भने माओवादी झनै कमजोर बन्न पुग्यो । केहीपछि एमाले पनि विभाजन हुन पुग्यो । जसको असर पार्टीका तल्ला कमिटीहरूमा पनि परे ।

सिन्धुपाल्चोकमा नेकपाको नेतृत्वमा संकट आएपछि २०७७ साल पौष २३ गते अर्थात आज भन्दा ७३० दिन अघि बालकृष्ण देउजाले सिन्धुपाल्चोकको जिल्ला कमिटीको नेतृत्व गरेका थिए । उनले तत्कालीन एमालेको रक्षाका निम्ति उक्त कदम चालेका थिए ।

फाउण्डेसनको नयाँ नेतृत्व ।

देउजाले एक वर्ष जिल्ला अध्यक्ष हुँदा पार्टीको गतिविधिमा आमूल परिवर्तन पनि गरेका थिए। नेता-कार्यकर्ताको संरक्षण गरि पार्टी आन्दोलन जोगाउनको उनको अहंम भूमिका रहेको छ ।

नेकपा (एमाले) को केन्द्रीय सर्कुलर अनुसार २०७५ जेठ २ अघिको कमिटी यथावत राख्ने नीति अनुरुप सिन्धुपाल्चोकमा पुरानो कमिटी र २०७७ पौष २३ पछिको कमिटीलाई मर्ज गरेर अधिवेशन आयोजक कमिटी बनाएर अधिवेशन भयो। तर अधिवेशन सम्पन्न भएको ३ महिना भन्दा बढी समयसम्म नेतृत्व चयन हुन सकेन ।

१० बुँदे भन्नेहरूको पार्टी छोड्छु र फूट तिर लाग्छु भन्ने निरन्तरको घुर्की र धम्कीपछि देउजा एमाले पार्टी र आन्दोलन जोगाउन नेतृत्व छाड्न तयार भएको एमालेको तत्कालीन जिल्ला कमिटीका सदस्य किरण देउजा बताउँछन ।

वर्तमान नेतृत्वको बारेमा जिल्लाक नेताहरू त्यतिधेरै उत्साहित देखिएका छैनन् । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त नतिजाले उनीहरूमा उत्साह नदेखिनु पनि स्वभाविक भएको जिल्ला एक नेताले नाम नखुलाउने सर्तमा बताए । उनले भने “अहिलेको नेतृत्व कति सक्षम छ भन्ने कुरा स्थानीय निर्वाचन, संघीय र प्रदेश निर्वाचनको नतिजा हेरे पुग्छ।

अझ जिल्लामा एमालेको गतिविधि कस्तो छ, एकपटक हेर्नुस आफै थाहा पाउनुहुन्छ”। असन्तुष्ट नेता कार्यकर्ताले विशेष महाधिवेशन गरेर भए पनि एमालेलाइ पुनर्जिवन दिनुपर्ने बताएका छन ।

तत्कालीन नेकपाको जिल्ला अधिवेशन । जहाँ देउवा अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १०:०१