२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सामाजिक–आर्थिक रुपान्तरण गर्न लागि परेका छाैँः उपप्रधानमन्त्री श्रेष्ठ

२३ पुस, काठमाडाैँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उपप्रधानमन्त्री श्रेष्ठले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए ।

“सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ । आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने हो”, मन्त्री श्रेष्ठले भने, “नेपाली जनताको परिवर्तनको अनुभूति गर्नसक्ने गरी व्यक्तिको सामाजिक, आर्थिक रुपान्तरणको गुणात्मक बढाउनु सरकारको उद्देश्य रहेको छ ।”

सबै सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै देखापरेका समस्या र कमजोरीलाई निराकरण गरेर समृद्धिको गुणात्मक दिशातिर जाने सङ्कल्प वर्तमान सरकारले गरेको पनि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्ट पारे ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार २०:४८