२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

पृथ्वी जयन्तीमा विदा दिँदैमा राजतन्त्र फर्किदैनः गोकुल बाँस्कोटा

२३ पुस, काठमाडाैँ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले पृथ्वी जयन्तीमा विदा दिंदैमा राजतन्त्र नफर्किने बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भ्यालेन्टाइन डे को दिनमा त विदा दिनुपदर्छ भन्ने ग्रुप तयार भइसकेको अवस्थामा नेपाल एकिकरणका आरम्भकर्ता पृथ्वीनारायणको जन्मजयन्तीमा विदा दिनु स्वभाविक भएको बास्कोटाको भनाइ छ ।

बास्कोटाले फेसबुकमा यस्तो लेख्नु भएको छ ‘पृथ्वी जयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो । त्यो सरकारले दिए हुन्छ । उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन डे) मा त विदा दिनु पर्छ भन्ने ग्रुप तयार भइराछ । उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन् । उनलाई सम्मान दिंदैमा राजतन्त्र फर्कने होइन ।’

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १३:५५