२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

गृहमन्त्री रवि लामिछानेले लेन क्रस नगर्ने, गरेभने बाध्यता थियो भनेर बुझिदिनुपर्ने !

२२ पुस, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा हिड्दा लेनक्रस नगर्ने बताएका छन । सामाजिक सञ्जाल मार्फत आफ्नो थप प्रतिवद्धता सार्वजनिक गर्दै लामिछानेले सडक नियमको पूर्ण पालना गर्ने बताएका छन । उनले कतिपय अकाट्य परिस्थितिमा लेनक्रस गरेमा बाध्यता थियो भनेर बुझिदिनुपर्ने बताएका छन । उनले पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै साइरन बजाएर सडकमा हिडेँको देखे त्यो आकस्मिक अवस्था हो भनेर बुझिदिन भनेका छन ।

यस्तो छ लामिछानेको प्रतिवद्धता

नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।

-उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।

-उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।

-सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।

-साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।

-व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार २०:२३