१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

जनार्दन शर्माकाे संरक्षणमा अमेरिकाबाट अबैध रकम ओसार्ने पृथ्वी शाह पक्राउ

२२ पुस, काठमाडाैँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माकाे संरक्षणमा अमेरिकाबाट अबैध रकम  ओसार्ने अछामका पृथ्वी साह पक्राउ परेका छन ।

शाहले अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने गरेका थिए । प्रहरीले साहसहित ६ जनालाई पक्राउ गरेकाे जनाएकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद शुक्रबार नै लिएकाे छ ।

ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले साहसहित अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चाबहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद पक्राउ परेकाे जानकारी दिए ।

साहले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । यिनै साहका नाममा तत्कालीन अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीकाे बीचमा द्वन्द्व भएकाे थियाे ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १८:५१