२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शनिबार सार्वजनिक हुने

२२ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्ता साझेदार दलहरूको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको हो। एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलकाे बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको र सत्ता साझेदार दलका शीर्ष नेतालाई भाेलि शनिबार प्रतिवेदन बुझाएपछि सम्भव भए भोलि नै सार्वजनिक हुने मुकुल ढकालले बताए ।

यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १५:१६