२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

एमालेले सांसदहरूको भूमिका प्रभावकारी बनाउने, २३ र २४ गते ओलीले प्रशिक्षण दिने

२० पुस, काठमाडाैँ । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको एमालेले जनाएको हो ।

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संविधान सभा अध्यक्ष समेत रहेका नेता नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार २०:४०