२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

२० पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेटी विश्वासको मत प्रदान दिन आग्रह गरेको हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १६:४९