९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सेयर बजारमा उछाल, १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट

२० पुस, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजारमा जारमा उछाल देखिएकाे छ ।  मंगलबार सामान्य गिरावट आएको सेयर बजार बुधबार उच्च अंकले बढ्न पुगेकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.८७ अकंले बढेर २१२५.९४ बिन्दुमा बन्द भएको छ । यस दिन कूल २५८ वटा कम्पनीकाे ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । बुधबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ११ करोड ५२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन १२ कम्पनीको सेयरमा सर्किट लागेको छ ।

साल्ट ट्रेडिङ, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बराही, विन्धवासिनी लघुवित्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन एसबीआई बैंक डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १५:२६