८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सेयर बजारमा उच्च अंकको वृद्धि हुँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२० पुस, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजार उच्च अंकले बढेकाे छ ।  मंगलबार सामान्य गिरावट आएको सेयर बजार बुधबार उच्च अंकले बढ्न पुगेकाे हाे ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.८७ अकंले बढेर २१२५.९४ बिन्दुमा बन्द भएको छ । यस दिन ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको कारोबार भइरहेका छ ।

बुधबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ११ करोड ५२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, सानिमा माइ हाइड्रोपावरको १० करोड ८७ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड ४ लाख रुपैया र नेपाल रि इन्स्योरेन्सको ९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १५:१८