२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२० पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । तर प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १५:०६