२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत

२० पुस, काठमाडाैं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जना आकांक्षी थिए । दलको नेतामा आकांक्षी रहेका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १४:५८