२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले बस्छ ?

२० पुस, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पछिलाई सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो ।

अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १२:५६