२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

१९ पुस, काठमाडाैँ । नेकपा (एमाले) कलाकर्मी निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमाले नेता तथा संस्कृति विभाग प्रमुख रघुजी पन्तले जनपक्षीय सिर्जनाले संस्कृति र सामाजिक रुपान्तरणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा जनसांस्कृतिक महासङ्घका कलाकारले नाटक, गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ‘सही बाटो’ नामक नाटक विशेष प्रस्तुत गरिएको थियो । नाटकमा देशलाई सही नेतृत्व दिनका लागि सही व्यक्ति हुनुपर्ने र देशका लागि चिन्ता गर्ने र विकास गर्ने नेता चाहिने उल्लेख थियो । सो अवसरमा महासङ्घले प्रकाशन गरेको संस्कृति पत्रिकाको विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार २०:३३