नेप्सेमा ५ कम्पनीको मूल्य समायोजन, बुधबार कतिमा खुल्ला कारोबार ?
१९ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार ५ कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्टिलरी, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरेको हो । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले सबैको मूल्य समायोजन गरेको हो ।
१) हिमालयन डिस्टीलरी
हिमालयन डिस्टीलरीको ६० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २ हजार ५१८ रूपैयाँ ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ हजार ३० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
२) गुराँस लघुवित्त
गुराँस लघुवित्तको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८०० रुपैंया १९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ८३२ रुपैंया २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
३) मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८२१ रूपैयाँ ३८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार १० रूपैयाँ ३० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
४) मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४१९ रूपैयाँ ३८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४७६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
५) साधना लघुवित्त
साधना लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९०४ रूपैयाँ २० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ७६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । बुधबार यी कम्पनीहरुको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ ।
प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १६:५०












