२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागि हुने बारे नेकपा एकीकृत समाजवादीकाे बैठक निष्कर्षविहीन बनेको छ ।

मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।’

उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ । केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १६:०२