१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सामान्य अकंले घट्याे सेयर बजार, ३ अर्ब ४५ करोडकाे काराेबार

१९ पुस, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । केहि दिन यता निरन्तर उकालो लागेको सेयर बजार आज सामान्य अकंले घट्न पुगेको हो ।

शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले शेयरबजार बढेपनि मार्केट बन्द हुने बेलासम्म नेप्से सूचक ३.३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०३ अकंले घटेर २०६१.०६ बिन्दुमा बन्द भएको छ । आज २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ४३ करोड १९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। श्वेत गंगा, धौलागिरी, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको हाे। वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:२५