१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

उपरथी प्रेम प्रकाश शाही सैनिक प्रहरीको नियन्त्रणमा

१९ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही पुस २० मा नियमित अवकाशमा जाँदैछन् । तर अवकाशमा जानु अघि नै शाहीलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिइएको हाे ।

’उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको उनलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे केही खुलाइएको छैन, भण्डारीले भने ।‘

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:१२