१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरवारमा

१९ पुस, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए ।

उक्त निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिकबाट गरी २० सिट जितेर संसदको चौथो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १३:१०