२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

घुसबिना काम हुने घोषणा गरेका उपप्रधनमन्त्री नारायणकाजी श्रेष्ठ छड्केमा

१९ पुस, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यातायात कार्यालयको छड्केमा पुगेका छन । सपथ लिएर जिम्मेवारी सम्हालेकै दिन घुसबिना काम हुने बताएका श्रेष्ठ मानसम्मानको हिसाब किताब नमिलेर केहीदिन घरमै बसेका थिए । तीन दिन यता मन्त्रालय जान थालेका श्रेष्ठ मंगलबार मातहत कार्यालयको अनुगमनमा निस्केका हुन । उनले यातायातको सबै कार्यालयमा छड्के गर्दैछन ।

एकान्तकुना यातायात कार्यालयबाट सुरू भएको उपप्रधानमन्त्री श्रेष्ठको अनुगमन गुर्जुधारा र ठुलो भर्याङ कार्यालयमा पनि हुनेछ । उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार बिहान १० बजे यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमनमा पुगेका थिए ।

उनले अनुगमनको सेवाग्राहीसँग अन्तरक्रिया गरे । श्रेष्ठले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारी लाई निर्देशन पनि दिएका छन । सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १२:१२