९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

छुट्ला है ! यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

१९ पुस, काठमाडौं । विभिन्न ८ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज पुस १९ गते मंगलबार अन्तिम दिन रहेको छ । साधना लुघवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालाजु) लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी कम्पनीले भोली पुस पुस २० गते बुकक्लोज गर्दैछन् । यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन्।

१) हिमालयन डिस्टिलरी

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षका लागि ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (करसहित) गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको पुस २९ गते हुने २२ औँ वार्षिक साधारणसभा पारित गर्नेछ। सभा वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ।

२) साधना लघुवित्त

साधना लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते छैठौं साधारण सभा बोलाएको छ । सभा गोरखाको बिसौनीस्थित सामना होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

३) मिर्मिरे लुघवित्त

मिर्मिरे लुघवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाइ २३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि संस्थाले पुस ३० गते १२औं सभा आह्वान गरेको छ । सभा भक्तपुरको सूर्यविनायकस्थित योयो ब्याक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

४) गुँरास लुघवित्त वित्तीय संस्था लिमिटेड

 गुँरास लुघवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न संस्थाले पुष ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा धनकुटाको भेडेटार भिलेज रिसार्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

५) शिवम् सिमेन्ट्स लिमिटेड

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते होटल सातौं साधारण सभा बोलाएको छ । सभा हेटौँडाको सामना होटेलमा बिहान १० बजेबाट सुरु हुनेछ।

६) मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते १६औं साधारण सभा बोलाएको छ । सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेदेखि सुरु हुनेछ।

७) बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

८) बोटलर्स नेपाल (बालाजु)

बोटलर्स नेपाल (बालाजु)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ०९:५०