२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

दोलखाबाट बोलकोट पुगेका ४० ज्येष्ठ नागरिकको अनुभव सुनेपछि ओलीले गरे अभिनन्दन (फोटोफिचर)

१८ पुस, काठमाडाैँ । पछिल्लो केही दिनयता दैनिकजस्तो बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभिन्न दलका नेतादेखि कर्मचारीसम्मका व्यक्तिहरुको आगमन बढ्दो छ ।

यसैक्रममा दोलखाका भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा आउनुभएका ज्येष्ठ नागरिकलाई अध्यक्ष ओलीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले दोलखादेखि आएका ४० ज्येष्ठ नागरिकको अनुभव र विचार सुन्नुभएको थियो ।

त्यस क्रममा एमाले अध्यक्ष ओलीले हरेक क्षेत्रलाई ज्येष्ठ नागरिक मैत्री बनाउन आफू लागिरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सेवालाई मुख्य आधार मान्दै उनीहरुको हितका लागि आफ्नो प्रयास जारी रहेको बताउनुभयो ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार २२:०४