९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

नेप्सेमा ५ कम्पनीको सेयरमा मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार ?

१८ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार ५ कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र सीवाइसी नेपाल लघुवित्तलको बोनस सेयरमा मूल्य समायोजन भएको गरेको हो ।

यी कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि  पुस १९ गते मंगलबार बुकक्लोज गर्दैछन् । ग्यसैले, आज  पुस १८ गते सोमबारसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले लाभांश पाउनेछन् ।

१) सिभिल बैंक

सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरपछि  प्रतिकित्ता २३८ रुपैंया १० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २५० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हाे ।

२) श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३२९ रूपैयाँ १० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३३७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

३) सिवाइसी नेपाल लघुवित्त

सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ९२९ रूपैयाँ २३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ हजार ५०८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

४) आइसीएफसी फाइनान्स

आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४४५ रूपैयाँ ७१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४६८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

५) पोखरा फाइनान्स लिमिटेड

पोखरा फाइनान्स लिमिटेडको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७३ रूपैयाँ ०८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३८८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । मंगलबार यी कम्पनीहरुको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १६:५५