नेप्सेमा ७ लाख ७२ हजार कित्ता सेयर सूचीकृत
१८ पुस, काडमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हाे । नेप्सेमा कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १६:०६












