साेमबार नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१८ पुस, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजार बढेकाे छ । साेमबार सेयर बजार दाेहाेराे अंकले बढेकाे हाे । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अंकले बढेर दुई हजार ६३ दशमलब ८३ विन्दुमा बन्द भएको हो । सोमबार २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनेबेच हुदाँ २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँको कारोबार भएको छ ।
आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको हो । साथै, हिमालयन डिस्टलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ११ करोड १४ लाख ५५ हजार रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १५:१५












