एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी
१८ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।
कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।
प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १२:१८