निर्मला बलात्कार प्रकरणः एसपी विष्टको चारवटा मोवाइलको सिम थुतेर अनुसन्धान गरिदै
८ असोज, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्नलार्इ बचाउनका लागि प्रमाण नष्ट गरेको अारोप लागेका निलम्बित एसपी डिल्लीराज विष्टको मोबाइल माथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन एसपी बिष्टले प्रयोग गरेका चारवटा मोवाइलका सिम सबै थुतेर अनुसन्धान भइरहेको छ। योसँगै प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ।
एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो। समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ ।
प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार ०९:३९