१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा ५ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

१७ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न पाँच कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, हिमालयन बैंक, महालक्ष्मी विकास बैक र नबील बैंककाे मूल्य समायोजन गरेको हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

१) सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५९१ रूपैयाँ ६५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६४४ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ३२२ रुपैंया ३८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

३) हिमालयन बैंक

हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३८ रूपैयाँ ०६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६५ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

४ महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३३ रूपैयाँ ६५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३४७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

५) नबील बैंक

नबील बैंकको १८.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ७२१ रूपैयाँ १० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ८५४ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १६:४७