२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ईस्वी संवत् २०२३ को स्वागतका लागि मध्यरातमा भृकुटीमण्डपमा भेटिए केपी ओली

१७ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ईस्वी संवत् २०२३ को स्वागतका लागि मध्यरातमा भृकुटीमण्डपमा भएको कन्सर्टमा पुगेका छन । गएराति मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्यको कन्सर्टमा ओली धर्मपत्नी राधिका शाक्यसहित सहभागी भएका हुन ।

ओली युवाहरूको भावना बुझ्न र उनीहरूसँगै रमाउने चुनावअघि एलओडी क्लबमा पनि पुगेका थिए । केही दिनअघिमात्र ओली स्पेन र नेपालको एक मैत्रीपूर्ण फुटबलमा खेलाडीको हौसला बढाउन रंगशालामा पुगेका थिए ।

ओलीले ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज शुभकामना दिँदै नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका पनि छन । उनले सन्देशमा भनेका छन्, “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।” उनले व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह समेत गरेका छन ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १०:४२