२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बिहान बेलुकै बालकोटको बार्दली पुग्नथाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

१६ पुस, काठमाडौँ । राष्ट्रि स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बिहान बेलुकै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्न थालेका छन । गृहमन्त्री भएपछि उनी पटक पटक ओली निवासमा पुगिरहेका छन । बिहान र बेलुक हरेक दिनजसो लामिछाने त्यहाँ पुग्ने गरेका छन । शनिबार बिहान त लामिछाने बालकोटकोको बार्दलीमा अध्यक्ष ओलीसँग घम तापिरहेको तस्बिर नै सार्वजनिक भएको छ ।

सत्ता गठबन्धनका ६ दलहरू मध्ये लामिछाने नेतृत्वको पार्टीले सत्ता साझेदारी र नीति तथा कार्यक्रमका विषयमा बढी दौडधुप गरिरहेको छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेपछि लामिछाने बालकोट पुगेका हुन । ओलीको सचिवालयका अनुसार शनिबार बिहान अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेको बीचमा लामो संवाद भएको थियो ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १६:२८